' निष्ठुरी' लिएर आए वसन्त खड्का — OSNepal

‘ निष्ठुरी’ लिएर आए वसन्त खड्का

LC (KTM) June 03, 2021 0

मनिसमा रुचि भएपछि जसरी पनि पुरा गर्छन भन्ने कुरा वसन्त खड्काले तय गरेको सांगितीक यात्राबाट प्रमाणित हुन्छ । उहाँ व्यवसायिक गायक होईन, तर पनि निरन्तर उहाँको गीत संगीतमा रहेको रुचिले आधा दर्जन बढी सागितिक कोसेलीले प्रमाणित गर्छकी उहाँको रुचिले आकार पायो । उहाँले आफ्नो रुचिलाई निरन्तरता दिएपछि आज उहाँ सागितिक क्षेत्रमा चिनिने नाम बन्न पुगेको छ ।

हुन त नेपाली सांगितिक क्षेत्रका धराहर अम्बर गुरुडको राजमार्ग नामक गीत गाई सकेका उहाँलाई कसले पो नचिन्ला र । नेपाली संगीतका पारखीहरु प्रेमध्वज प्रधान, चेतन कार्कीलगायत धुरन्धरहरुको संगतले पनि खड्का किन चुप बस्न सक्नु हुन्थ्यो र । त्यसैले होला प्रवासमा सामाजिक छवी बनाएका खड्का फुर्सदमा गुनगुनाउन रुचाउनु हुन्छ । मनको बह पोख्ने र फुर्सदलाई सदुपयोग गर्दा गर्दै खड्काका रचनाहरु एक पछि अर्को गर्दै बजारमा आई रहेका छन ।त्यसैको निरन्तरता स्वरुप गीत संगीतमा गहिरो रुचि भएका सामजसेवी वसन्त खड्काले आफ्नो सांगितिक कोसेली बजारमा ल्याएका छन ।

निष्ठुरी नाम रहेको म्यूजिक भिडियो कन्चन म्यूजिक ईन्टरटेन्टले बजारमा ल्याएको हो । सो म्यूजिकमा रहेको शब्द भने वरिष्ठ समासेवी, व्यवसायी तथा बैकर्स माधव ढकालको रहको छ । यहि मे ३१ मा सार्वजनिक भएको म्यूजिक भिडियोमा माया प्रेमका कहानीलाई समावेस गरिएको छ । म्यूजिक भिडियोमा यूट्यूवमा हेर्न सकिन्छ । यस अघि पनि खड्काका सागितिक कोसेलीहरु मृगतृष्णा (गजल), गगनको बीच, बदलिदेउ तिमी र वेष्ट अफ वसन्त खड्का भाग १ र २ लगायत म्यूजिक कोसेलीहरु बजारमा आई सकेका छन । म्यूजिक भिडियो सुन्न र हेर्नका तरको लिंकमा क्लिक गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर