सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश — OSNepal

सेनेगल र इजिप्ट अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश

LC (KTM) January 31, 2022 0

काठमाडौं, १७ माघ – सेनेगल र इजिप्ट आइतबार भएको खेलमा विजयी हुँदै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुई टोलीको जितसँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ । सेनेगल र इजिप्टसँगै आयोजना क्यामरुन र बुर्किना फासो अन्तिम चारमा पुगे ।

आइतबार राती सेनेगलले गिनीलाई ३-१ ले पराजित गरेकाे हाे । इजिप्टले मोरोक्कोलाई २-१ ले पराजित गरेकाे छ ।

इजिप्टले ९० मिनेटको निर्धारित समयपछी अतिरिक्त ३० मिनेटमा जित पायो ।

अब सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर