आफ्नै प्रेमिका लाई कुटपिट गर्दै बलात्कार गर्ने म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ — OSNepal

आफ्नै प्रेमिका लाई कुटपिट गर्दै बलात्कार गर्ने म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ

LC (KTM) January 30, 2022 0

खेल भनेको अनुशासन हो । अनुशासन भित्र बाँधिएर खेल्नु पर्छ । तर त्यहि खेल खेल्ने खेलाडी अनुशासन बिहिन भयो भने ठुलै अराजकता निम्त्याउँछ । यस्तै भएको छ पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड माथि । उनी बलात्कारको केसमा पक्राउ परेका छन् ।

इंग्ल्यान्ड प्रहरीले प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा ग्रीनउडलाई पक्राउ गरेको हो । इंग्ल्यान्ड प्रहरीले ग्रीनउड पक्राउ गरेको पुष्टि गरेको छ । ग्रीनउडमाथि अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । प्रेमिका रोब्सनले इस्टाग्रामको स्टोरीमा ग्रीनउडले आक्रमण गरेको भन्दै तस्बीरहरु सार्वजनिक गरेका थिए ।

रगत बगिरहेको र शरीरमा निलडाम भएको तस्बीरहरु भाइरल बनेको थियो । विवादमा तानिएपछि युनाईटेडले उनलाई निलम्बन गरिसकेको छ । अर्को सूचना नआएसम्मका लागि उनलाई प्रशिक्षण र खेलमा निलम्बन गरिएको युनाईटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर