मोरक्को लाई हराउँदै इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा — OSNepal

मोरक्को लाई हराउँदै इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा

LC (KTM) January 30, 2022 0

मोरक्को लाई हराउँदै इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्को बिरुद्ध रोमान्चक जित निकाल्न सफल भएको हो । थपिएको अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर इजिप्ट अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १-१ गोलको बराबरीमा ल्याए ।त्यसपछि निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २-१ को जित दिलाए ।अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर