अष्ट्रेलियन ओपन टेनिसको उपाधी स्पेनिस टेनिस स्टार नाडललाई — OSNepal

अष्ट्रेलियन ओपन टेनिसको उपाधी स्पेनिस टेनिस स्टार नाडललाई

LC (KTM) January 30, 2022 0

स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसमा कीर्तिमानी जित निकाल्न सफल भएका छन् , ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि उनले जितेका हुन् ।मेलबर्नमा आइतबार भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि आफ्नो पक्षमा पारे । यो जित सँगै पाँचौ वरीयताका नाडालले २१ औं पटक ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमानी बनाएका छन् ।

फाइनलमा सुरुआती दुई सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले दोस्रो वरीयताका मेदभेदेबलाई हराएर उपाधि चुमेका हुन् । मेदभेदेभले पहिलो सेट ६–२ तथा दोस्रो सेट ७–६ ७–५ ले जितेका थिए । तर, नाडालले लगातार तेस्रो र चौथो सेट जित्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाए । नाडालले तेस्रो सेट ६–४ र चौथो सेट पनि ६–४ ले आफ्नो पक्षमा पारे ।त्यसपछि नाडालले पाँचौ सेट ७–५ ले जित्दै कीर्तिमानी उपाधि हात पारे ।

३५ वर्षीय नाडालको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो । नाडालले २००९ मा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । नाडालले फ्रेन्च ओपन १३ पटक, विम्बल्डन २ पटक तथा युएस ओपन ४ पटक जितेका छन् ।नोभाक जोकोभिच र रोजर फेडररले समान २०–२० पटक ग्रान्डस्लाम हात पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर