काठमाडौं १६ माघ । कोरोना संक्रमणका कारण सरकारले ट्याक्सीमा लागु गरेको जोरविजोर प्रणाली हटाउन सार्वजनिक यातायात केन्द्रीय महासंघले माग गरेको छ ।
संक्रमणका कारण एम्बुलेन्सको अभाव हुँदा बिरामीलाई गाह्रो भइरहेकोले ट्याक्सीमा लगाइएको जोरबिजोर प्रणाली हटाउन महासंघले माघ गरेको हो । आज आइतबार महासंघले एक विज्ञप्ती जारी गरी यो माहामारीमा अस्पताल आउजाउ गर्न सहज बनाउन जोरविजोर प्रणाली हटाउन गरेको हो ।
सरकारले कोरोना संक्रमणका कारण सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेको थियो । त्यसमा पनि शुक्रबार सरकारले सार्वजनिक सवारी साधानमा लगाएको जोर विजोर प्रणाली हटाइए सकेको छ ।
निजी र ट्याक्सीमा भने यो नियमअ कायम नै राखिएको छ ।