कोरोना संक्रमणबाट आज एकै दिन ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण पुष्टि — OSNepal

कोरोना संक्रमणबाट आज एकै दिन ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण पुष्टि

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको ९ हजार ९ सय १० पीसीआर परीक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जना गरी ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी , पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा आज सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५४ हजार ७ सय १९ जना पुगेको छ ।

त्यसैगरी  ,   आज  एकै दिन    ३२  जनाको   मृत्यु  भएको  छ  ।  योसँगै  नेपालमा आज  सम्म  कोरोना संक्रमणका  कारण    मृत्यु   हुनेको   ११ हजार ७ सय ३२ जना पुगेको    छ  । 

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर