मन्त्रालयको अपिल : प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको विवरण पठाउनुहोस् — OSNepal

मन्त्रालयको अपिल : प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको विवरण पठाउनुहोस्

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रयोगशाला बाहिर गरीएका परीक्षणको नतिजाको विवरण पठाउन आग्रह गरेको छ ।

आफै किनेर कोरोना संक्रमण परीक्षण गरिका सबै नागरिकहरुलाई विवरण बुझाउन आग्रह गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जारी गरेको अपिल पत्रमा प्रतिवेदन पठाउने ढाँचासमेत उल्लेख गर्दै एकिन विवरण पठनउन आग्रह भनिएको छ ।

प्रयोगशालाबाहिर गरिएको परिक्षण आउँदा यकिन विवरण प्राप्त नभएको भन्दै महामारी नियन्त्रणमा समस्या हुने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर