एमसीसी पारित नभए गठवन्धन टुट्ने प्रधानमन्त्री देउवाको धम्की, एमाले अध्यक्ष ओली साथ लिएर पनि एमसीसी पारित गर्ने देउवाको तयारी — OSNepal

एमसीसी पारित नभए गठवन्धन टुट्ने प्रधानमन्त्री देउवाको धम्की, एमाले अध्यक्ष ओली साथ लिएर पनि एमसीसी पारित गर्ने देउवाको तयारी

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए गठवन्धन टुट्ने धम्की दिएका छन् ।

स्थानीय तका निर्वाचन जेठमा गर्ने सहमति जुटाएका देउवाले एमसीसी पास गर्न ‘फेब्रुअरी १ अथार्त भोली सम्मको समय अमेरिकाले दिएको भनद्ये उनले एमसीसी पास नभए गठवन्धन टुट्ने चेतावनी दिएका छन् ।

शनिबार सत्तारुढ पाँच दलको बैठक लतत्तै देउवाले एमसीसीको विषयमा छलफल गरेका थिए । छलफलको क्रममा उनले फेब्रुअरी १ मा एमसीसी अनुमोदन गराउन अमेरिकाले दिएको समय सकिन लागेको भन्दै सबैलाई अवगत गराएको बुझिएको छ ।

बैठकमा कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की सहभागी भएका थिए । तोकिएको समय भित्र एमसीसी पास नभए अमेरिकारले फिर्ता लाने भन्दै बैठकमा प्रधानमन्त्रीले बताएको बालुवाटार स्रोतले जनाएको छ ।

बैंठकमा यस विषयमा चर्काचर्की नै भएको समेत बैठकमा सहभागी एक नेताले बताएका छन् । एमसीसीको कारण गठवन्धन टुट्छ भने जालझेल गरेर गठबन्धन जोगाउनु छैन भन्दै बैठकमा सहभागी एक नेताले बताएको जनाइएको छ ।

गठवन्धनले साथ नदिए देउवा एमालेलाई साथमा लिएर एमसीसी पास गर्ने तयारीमा रहेको पनि बुझिएको छ ।

बैठकमा सहभागी एक नेताले भनेका छन् , ‘हामीले पनि एमसीसीमा एमाले अध्यक्ष ओलीसित मिल्नु छ भने मिल्नुस्, पास गर्नुस् । त्यसरी जालझेल गरेर गठबन्धन जोगाउनु पनि छैन ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर