राजस्व छलीको मुद्दामा धरौटी बुझाउन नसकी जेल परेका रायभार रिहा — OSNepal

राजस्व छलीको मुद्दामा धरौटी बुझाउन नसकी जेल परेका रायभार रिहा

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । राजस्व छलीको मुद्दामा धरौटी बुझाउन नसकी जेल परेका उमाशंकर रायभार आज आइतबार रिहा भएका छन् ।

उच्च अदालत पाटनले राजस्व छलीको मुद्दामा तोकेको धरौटी बुझाउन नसकेपछि थुनामा परेका रायभारलाई सर्वोच्च अदालतले २५ हजार रुपैंया धरौटी तोकिदिएपछि उनी रिहा मुक्त भएका हुन् ।

शुक्रबार सर्वोच्चले उच्च अदालत पाटनले तोकेको ७५ हजार धरौटी बदर गर्दै २५ हजार तोकेको थियो ।

२८ करोड रुपैयाँ राजस्व छली गरेको आरोप लागेका रायभार नख्खु कारागार चलान भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर