यस्तो बनेर आयो बलिउड सुन्दरी अभिनेत्री बिद्या बालन अभिनित चलचित्र 'शेरनी'को ट्रेलर — OSNepal

यस्तो बनेर आयो बलिउड सुन्दरी अभिनेत्री बिद्या बालन अभिनित चलचित्र ‘शेरनी’को ट्रेलर

LC (KTM) June 03, 2021 0

बलिउडकी डर्टीग्रलको उपनामले चिनिएकी नायिका बिद्या बालनको फिल्म ‘शेरनी’को ट्रेलर रिलीज भएको छ । बहुप्रतिक्षित फिल्म शेरनीको ट्रेलर आज सार्वजनिक भएको हो ।

यो ट्रेलर २ मिनेट २६ सेकेण्डको रहेको छ । यो ट्रेलर अमेजन प्राइम भिडीयोको आधिकारीक युटुब च्यानलमा रिलीज गरिएको छ । यो ट्रेलरमा बिद्या बालनलाई एक सशक्त बन अफिसरको रुपमा देखाइएको छ ।

कुनै पनि फिल्मको ट्रेलरले त्यसको मुख्य कहानीको अन्दाज लगाउन सकिन्छ । फिल्मको कहानी एक टाइगर रिर्जवका बारेमा रहेको छ । जहा एक नरभक्षि टाइगर रहेको हुन्छ । त्यस नरभक्षी टाइगरले आसपासका ईलाकामा रहेका गाउँवाला लाई हैरान बनाएको हुन्छ ।

त्यसैलाई सम्हाल्न बिद्या बालन लाई बन अफिसरको रुपमा नियुक्त गरेर पठाईन्छ । पुरुष प्रधान समाजमा महिला अफिसरलाई नरभक्षी बाघ सम्हाल्न धेरै संघर्ष गर्नुपरेको कहानी रहेको छ ।

तर आम दर्शकले भने यस फिल्मको टिजर जति पनि ट्रेलर राम्रो नरहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले आमदर्शकलाई फिल्मले धोका दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर