भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं : मन्त्री पौडेल — OSNepal

भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न दिँदैनौं : मन्त्री पौडेल

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतमा रहेका सरकारको भौतिक सम्पतिहरू निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् । आइतबार केशर महलको निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन् ।

महल बाहिरको जग्गा निजी प्रयोजको लागि दिने समाचार बाहिर आएपछि निरिक्षण गर्न पुगेका मन्त्री पौडेलले भने , ‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षाको विकास सुरु भयो त्यतिबेलादेखि नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रूपमा छ ।

‘यहाँ भएका भौतिक वस्तुहरू खासगरी पुरातत्त्वसँग सम्बन्धित वस्तुहरूको सुरक्षाको कुरा, संरक्षणको कुरा, पुराना पुस्तकहरूको संरक्षण गर्ने कुरा अहिले मन्त्रालय मातहत भएको हुनाले यसको स्वरूप र प्रकृति हेर्न यहाँ आएँ । त्यसका साथै यसको बाहिरको जमिनको कुरालाई लिएर केही सामाजिक सञ्जाल, पत्रिकामा समाचार प्रकाशित भएको पनि जानकारी पायौँ ।’

कुनै निजी क्षेत्रलाई शिक्षा मन्त्रालय मातहतका यस प्रकारको भौतिक सम्पतिहरू प्रयोग गर्न दिइने छैन, दिइँदैन भनेका उनले कहीँ कतै भएको भए त्यो राज्यको मातहतमा ल्याउने गरेर अघि बढ्ने समेत बताएका छन् ।

मन्त्री पौडेलले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त केशरमहलको काम अबको ६ महिनाभित्रमा सक्ने गरी लाग्न पनि निर्देशन पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर