शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार पार्न सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीको देउवाको निर्देशन — OSNepal

शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार पार्न सम्बन्धित मन्त्रालयलाई प्रधानमन्त्रीको देउवाको निर्देशन

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । प्रधामन्त्री शेरबहादुर देउवाले आज शहिद दिवसको अवसरमा शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार पार्न निर्देशन दिएका छन् ।

काठमाडौं महानगरपालिकाकाले आयोजवना गरेको लैनचौरस्थित शहीद स्तम्भमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको बताएका उनले यस विषयमा सम्बन्धित मन्त्रालयलाई ठोस कार्य अघि बढाउन निर्देशन दिएका छन् ।

शहीदको योगदानलाई चिरस्थायी बनाउन सरकारले पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुरा प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका काम गर्दै आएको बताएका छन् ।

प्रधानमन्त्रीले देउवाले भने , ‘यस्ता कामहरुलाई राजनीतिवृत्तमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर