तत्कालिन नेकपा पार्टी फुटाउने ऋषि कट्टेल साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित — OSNepal

तत्कालिन नेकपा पार्टी फुटाउने ऋषि कट्टेल साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । तत्कालिन नेकपा पार्टी फुटाउने नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्काशित भएका छन् । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा अध्यक्ष कट्टेललाई पार्टीबाट निष्काशित गरिएको पार्टीले जनाएको छ ।

पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमार्फत कट्टेललाई पार्टीबाट निष्काशित गरिएको बताएका छन् । पार्टीको हित विपरित काम गरेको र स्पष्टिकरण सोध्दा पनि पनि जवाफ नदिएको भन्दै कट्टेललाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

कट्टेलले नेकपाको दावी गर्दै सर्वोच्चमा मुद्धा दायर गरेका थिए सो मुद्धाको कारण तत्कालिन नेकपा फुटेर एमाले र माओवादीको परिणत भएको थियो । त्यतिबेला माओवादी र एमालेले एकता गरी नेकपा पार्टी गठन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर