एक अर्काको खिचातानीमा खुट्टा तान्न व्यस्त नेताहरुले आज भने यसरी सम्झिए सहिदहरुलाई ,कुन नेताले के भने ? — OSNepal

एक अर्काको खिचातानीमा खुट्टा तान्न व्यस्त नेताहरुले आज भने यसरी सम्झिए सहिदहरुलाई ,कुन नेताले के भने ?

LC (KTM) January 30, 2022 0

काठमाडौं १६ माघ । आज शहिद दिवसको अवसरमा दिन रात पार्टी र गुटमा रमाउने नेपाली राननीतिका केहि नेताहरुले सामाजिक सञ्जाल मार्फत सहिद दिवसको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यको सबै तह र संरचनामा आम नागरिकको जे–जस्तो पहुँच स्थापित हुनसकेको छ, तथा जे–जस्तो शासकीय व्यवस्थाबाट मुलुकलाई अघि बढाइरहेका छौं त्यो सबै शहीदहरूको योगदानबाट नै सम्भव भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजि सञ्जाल मार्फत मुलुकको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमुल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात महान सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यसैगरी , राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अगाडी बढ्नुपर्ने बताएकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदहरुलाई जाने उल्लेख गर्दै उपराष्ट्रपतिले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सहिदको योगदानको उच्च मूल्याङ्कन गर्दै सहिद परिवारजनमा सम्मान व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष नेता कमल थापाले पनि राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको निम्ति जीवन उत्सर्ग गर्ने महान शहिदहरुमा हार्दिक श्रद्धाञ्जली भन्दै ट्वीटर मार्फत भनेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पनि शहिद दिवसको शुभकामना दिएका छन् । नेता भट्टराईले राणातन्त्रदेखि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका जनक्रान्ति,जनविद्रोह,जनयुद्ध,जनआन्दोलनका अमर सहीदहरूप्रति हार्दिक श्रद्धासुमन ! व्यक्त गरेका छन् ।

राज्यले कुनै अमूक आन्दोलन वा पार्टी हैन देश र जनताकानिम्ति प्राण उत्सर्ग गर्ने सबैको सम्मान गर्ने साझा दिवसरस्मारक बनाओस्१ भन्ने नेता भट्टराईको तर्क रहेको छ ।

त्यस्तै, नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मिनेन्द्र रिजालले देशका लागि प्राण आहसति गर्ने महान् सहिदहरुप्रति हार्दिक नमन व्यक्त गरेका छन् ।

नेकपा एमालेका नेता योगेश भट्टराईले पनि सहिद दिवसको दिन यसरी महान् शहिदहरुलाई सम्झिएका छन् ,’नेपालको लोकतान्त्रिक क्रान्तिका अग्रज तथा सम्पुर्ण महान सहिदहरुमा हार्दिक श्रदासुमन। ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर