अब स्वास्थ्यकर्मीमाथि आ क्रमण गरिए हुनेछ यस्तो कडा सजाए — OSNepal

अब स्वास्थ्यकर्मीमाथि आ क्रमण गरिए हुनेछ यस्तो कडा सजाए

LC (KTM) June 03, 2021 0

काठमाडौं । अब स्वास्थ्यकर्मीमाथि आ क्रमण गरिए कडाभन्दा कडा कारवाहीसहित जरिवाना तिराइने भएको छ ।सरकारले ल्याउन लागेको स्वास्थ्यसम्बन्धी अध्यादेशमा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको खण्डमा २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याउन लागेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशमा उक्त व्यवस्था लागू गर्न लागिएको हो । अध्यादेशमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउनेलाई दुई लाख जरिवाना वा चार वर्ष कैद वा दुवै सजाय हुने प्रस्ताव गरिएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई पनि यही सजाय गरिने भनिएको छ ।अहिले प्रचलनमा रहेको ऐनमा स्वास्थ्यकर्मीमाथि हातपात, स्वास्थ्य संस्था तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर