नेपालले मरिसस लाई हराए पछि प्रशिक्षक अल्मुइतारी खुशीले फुरुङ्ग , नेपाली समर्थकलाई यसो भने — OSNepal

नेपालले मरिसस लाई हराए पछि प्रशिक्षक अल्मुइतारी खुशीले फुरुङ्ग , नेपाली समर्थकलाई यसो भने

LC (KTM) January 29, 2022 0

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मरिसस संगको मैत्रीपुर्ण खेललाई लिएर नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खुशी प्रकट गरेका छन् । उनले खेलाडीले हृदयबाटै खेलेको कारण जित निकाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । मरिससलाई एक शुन्य गोल अन्तरले हराएपछि अलमुताइरीले बलियो टिमसँग खेलाडीले हृदयबाट खेलेर जित निकाल्न सफल भएको बताए ।

उनले भने खेलाडीले हृदयदेखि नै खेले। उनीहरुले केही विशेष देखाए । हामीले शारीरिक रुपमा बलियो टिमसँग खेलिरहेका थियौं । एसिया कपको लागि हामीले राम्रो तयारी गर्यौ । नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरेका थिए । तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विमलले उत्कृष्ट पुनरागमन गोल गरेका हुन्। यस्तै प्रशिक्षक अलमुताइरीले आफु समर्थकप्रति नतमस्तक भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर