६ पटकको बिजेता मनाङ लाई हराउँदै एपिएफद्धारा आहा रारा गोल्डकपको उपाधी जित्न सफल — OSNepal

६ पटकको बिजेता मनाङ लाई हराउँदै एपिएफद्धारा आहा रारा गोल्डकपको उपाधी जित्न सफल

LC (KTM) January 29, 2022 0

आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जित्न सफल भएको छ । आज पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई टाईब्रेकरमा पाँच चार गोल अन्तरले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।

पेनाल्टी सुटआउटमा ओलावाले अफिज चुकेपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । उनको प्रहारलाई एपीएफका जापानी गोलकिपर युया कोरियामाले रोकेका थिए । उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको विधागतर्फको पुरस्कारमा समेत एपीएफकै बर्चस्व रह्यो ।

एपीएफका राजन गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । एपीएफका कुमार थापा प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै, एपीएफका रबि थिङ उत्कृष्ट मिडफिल्डर, एपीएफका राजन गुरुङ उत्कृष्ट डिफेन्डर, एपीएफका कुरियामा उत्कृष्ट गोलकिपर र एपीएफकै रबि थिङ सर्वाधिक गोलकर्ता चुनिए । मनाङका अलावले अफिज उत्कृष्ट फरवार्ड चुनिए । विभागीय टिम आर्मीले फेयर प्ले अवार्ड प्राप्त गर्दा मनाङका रुपेश केसी प्लेयर अफ द फाइनल चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर