आइतबारका लागि बोलाइएको संसद्‍ बैठक स्थगित — OSNepal

आइतबारका लागि बोलाइएको संसद्‍ बैठक स्थगित

LC (KTM) January 29, 2022 0

काठमाडौं, १५ माघ – माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय

सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर