सुदिपको राष्ट्रिय टोलीबाट डेब्यु — OSNepal

सुदिपको राष्ट्रिय टोलीबाट डेब्यु

LC (KTM) January 29, 2022 0

काठमाडौं, १५ माघ – सुदिप गुरुङले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

मौरिसससंग जारी पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए ।

जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो यूथ क्लबबाट उच्च प्रदर्शन गरेका सुदिपले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा मौका पाएका थिए ।

त्यही अघि उनले टुसाल यूथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । दशरथ रंगशालामा जारी खेलको ५५औं मिनेटमा विमलले अञ्जन बिस्टको पासमा नेपाललाई अग्रता दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर