२३ कर्मचारी र जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि तानसेन नगरपालिकाको सेवा स्थगित — OSNepal

२३ कर्मचारी र जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि तानसेन नगरपालिकाको सेवा स्थगित

LC (KTM) January 29, 2022 0

रामपुर (पाल्पा), १५ माघ -तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिनुुभयो । नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परिक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह-मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ ।सङ्घका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्रपत्र बुझाएको छ ।

अध्यक्ष रिजालले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क÷जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर–भन्टाबारी नाकाका लागि री–रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताउनुभयो ।

यसका कारण नेपाली आयातकर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग÷व्यवसायलाई थप व्ययभार परेको गुनासो सो सङ्घको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर