निषेधाज्ञा अवधिमा पनि विदेश जाने विद्यार्थीका लागि भने भिसा प्रक्रियामा सहजीकरण गरिने — OSNepal

निषेधाज्ञा अवधिमा पनि विदेश जाने विद्यार्थीका लागि भने भिसा प्रक्रियामा सहजीकरण गरिने

LC (KTM) June 03, 2021 0

काठमाडौँ– काठमाडौँ उपत्यकामा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिए पनि केही खुकुलो हुने भएको छ ।किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको छ भने तरकारी, फलफूल, दुध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु र डिपार्टमेन्टल स्टोर पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ ।

त्यस्तै निर्माण कार्यका लागि ढुवानी हुने सवारी साधनलाई राती सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।तर काठमाडौँ उपत्यकामा निषेधाज्ञा अवधिमा पनि वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर