त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन बिभागमा समय र आवश्यकता अनुसारको सुधार सुरु गरिएको छ । अब अध्यागमनका कर्मचारीहरूले मोवाइल प्रयोग गर्न नपाउने भएका छन् । अध्यागमनको अवस्थालाई मध्यनजर गर्दै मोबाइल प्रयोगमा रोक लगाइएको हो ।प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले शुक्रबार सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबाइल प्रयोगमा रोक लगाइएको जानकारी दिएका छन् ।
कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन् ।कार्यालय आएसँगै आ–आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ । तर अति आवश्यक परेका बेला ल्याण्डलाइन र अफिसियल फोन प्रयोग गर्न सकिने सूचनामा भनिएको छ ।