फेरी आज पनि बढ्यो डलरको मूल्य, हेर्नुहोस कुन देशको मुद्राको मूल्य कति ? — OSNepal

फेरी आज पनि बढ्यो डलरको मूल्य, हेर्नुहोस कुन देशको मुद्राको मूल्य कति ?

LC (KTM) June 03, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज र अमेरिकी डलरको मूल्य बुधबारको भन्दा बढेको छ । आज अमेरिकी डलरको मूल्य ११६ रूपैयाँ ६४ पुगेको छ । यसको बिक्रीदर ११७ रुपैयाँ २४ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर ११६ रूपैयाँ ३४ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७८ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर