काठमाडौं १४ माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४२ हजार ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा मात्र २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना संक्रमितको पुष्टि भएको छ ।
आज देशभर ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार २५६ जना आईसीयूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।