एकै दिन १० जनाको मृत्यु , ६, ८२७ जनामा संक्रमण, ५, ४३५ जना भए निको — OSNepal

एकै दिन १० जनाको मृत्यु , ६, ८२७ जनामा संक्रमण, ५, ४३५ जना भए निको

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशरभ १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो सँगे नेपालमा कोरोना संक्रमित हुनेको संख्या १० लाख ६८ हजार ९३२ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हाल सम्म कोरोना संक्रमणबाट ८ लाख ४२ हजार ४३६ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा थप २ हजार ९४० जना रहेका छन् । जसमा काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जना
संक्रमति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर