स्काभेटर भाँचिएपछि एक मजदुर १ सय ६० मिटर भन्दा तल सुरुङमा खसी वेपत्ता — OSNepal

स्काभेटर भाँचिएपछि एक मजदुर १ सय ६० मिटर भन्दा तल सुरुङमा खसी वेपत्ता

LC (KTM) January 28, 2022 0

सोलुखुम्बु १४ माघ । सोलुखुम्बुमा निर्माणाधीन दूधकोशी जलविद्युत आयोजनाको सुरुङ मार्गमा स्काभेटर भाँचिएपछि एक जना मजदुर वेपत्ता भएका छन् ।

स्काभेटरले सुरुङ मार्गमा पेनस्टक पाईप लैजाने क्रममा स्काभेटर नै भाँचिएपछि बकेटमा रहेका बाराको कोलभी नगरपालिकाका २४ बर्षिय राकेश चौधरी सुरुङभित्र खसेर बेपत्ता भएका हुन् ।

चौधरी १ सय ६० मिटर भन्दा तल खसेको अनुमान गरिएको छ । दुर्घटनामा अर्का मजदुर पर्सा पटेरवा गाउँपालिकाका २० बर्षिय अंगत राय थारुको घाइते भएका छन् ।

उनको त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । उनको काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

वेपता चौधरीको खोजी कार्य भइरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर