चुनाव टार्नु संविधान विपरित सत्तागठवन्धनको प्रतिगामी कार्य : कमल थापा — OSNepal

चुनाव टार्नु संविधान विपरित सत्तागठवन्धनको प्रतिगामी कार्य : कमल थापा

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुर्व अध्यक्ष नेता कमल थापाले चुनाव टार्नु संविधान विपरित र प्रतिगामी कार्य भएको बताएका छन् । नेता थापाले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

संविधानमा तीन तहको सरकारको व्यवस्था कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा नभएको उनको ठहर छ । सोही मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानून बनेको बताएका उनले कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुने बताएका छन् ।

सत्ता गठवन्धन बैशाखमा गर्ने भनिएको स्थानीय तहको निर्वाचन असोजमा सार्ने तयारी गरिरहेका छन् । भोली यस विषयमा छलफल गर्न सत्ता गठवन्धनको बैठक समेत बस्ने भएको छ ।

संविधानमा तिनतहको सरकारको व्यवस्था छ।कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन।यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो।कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ

थापाको ट्वीट् : संविधानमा तिनतहको सरकारको व्यवस्था छ।कुनैपनि तहको सरकार निर्वाचित प्रतिनिधिविहिन हुने परिकल्पना संविधानमा छैन।यहि मान्यता अनुसार पदावधि समाप्त हुनु अगावै नयाँ चुनाव गर्ने कानुन बनेको हो।कुनैपनि वहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरित प्रतिगामी कार्य हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर