टोपी लगाउने होस्, धोती हामीलाई एकताको सुत्रमा गास्ने कार्य सनातन धर्म र संस्कृतिले गरेको छ : कमल थापा — OSNepal

टोपी लगाउने होस्, धोती हामीलाई एकताको सुत्रमा गास्ने कार्य सनातन धर्म र संस्कृतिले गरेको छ : कमल थापा

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले एकताको धागोलाई बलियो बनाउन पनि नेपाल सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ भनेका छन् । उनले नेपालको राष्ट्रगानलाई लिएर यस्तो बताएका हुन् ।

हाम्रो राष्ट्रिय गानको पहिलो पंक्तिमा ‘सयौँथुंगा फुलका हामी एउटै माला नेपाली’ उल्लेख छ।सयौँथुंगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ।हाम्रो धार्मिक,साँस्कृितक,सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म हो। यो एकताको धागोलाई बलियो बनाउन पनि नेपाल सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ उनले भनेका छन् ।

आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्दछौं।चाहे टोपी लगाउने होस्,चाहे धोती हामीलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको बताएका उनले सनातन धर्म,संस्कृति र परम्परा नेपाली राष्ट्रिय एकता र राष्ट्रियताको आधारस्तम्भ भएको दावी समेत गरेका छन् ।

१०० भन्दा बढी जातजाती र भाषाभाषी रहेको बताएका उनले भनेका छन् , कोही हिमालमा बस्छौं,कोही पहाड,तराई मधेशमा बस्छौं।जुनसुकै जातीको भएपनि,जुनसुकै भाषा बोल्ने भएपनि जहाँ बसोबास गरेपनि हामी नेपालीहरुको साझा भगवान छन्

हाम्रो राष्ट्रिय गानको पहिलो पंक्तिमा ूसयौँथुंगा फुलका हामी एउटै माला नेपालीू उल्लेख छ।सयौँथुंगा फुललाई मालामा गाँस्न धागो चाहिन्छ।हाम्रो धार्मिक,साँस्कृितक,सामाजिक परिवेशमा त्यो धागो सनातन धर्म हो।यो एकताको धागोलाई बलियो बनाउन पनि नेपाल सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्छ

को हिन्दु,को बुद्धिष्ट,को किराँती आपसमा अंकमाल गरेर हामी भगवान पशुपतीनाथको दर्शन गर्दछौ,हलेशी महादेवको मन्दिरमा जान्छौं।आपसमा हातेमालो गरेर भगवान बुद्धको पुजा आराधान गर्दछौं।चाहे टोपी लगाउने होस्,चाहे धोती हामीलाई एकताको सुत्रमा गास्ने कार्य यही सनातन धर्म र संस्कृतिले गरेको छ

सनातन धर्म,संस्कृति र परम्परा नेपाली राष्ट्रिय एकता र राष्ट्रियताको आधारस्तम्भ हो।नेपालमा हामी १०० भन्दा बढी जातजाती र भाषाभाषी छौँ।कोही हिमालमा बस्छौं,कोही पहाड,तराई मधेशमा बस्छौं।जुनसुकै जातीको भएपनि,जुनसुकै भाषा बोल्ने भएपनि जहाँ बसोबास गरेपनि हामी नेपालीहरुको साझा भगवान छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर