कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट बस्दै, यस्तो छ बैठकको मुख्य एजेण्डा — OSNepal

कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट बस्दै, यस्तो छ बैठकको मुख्य एजेण्डा

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक भने कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट बस्ने भएको छ ।

आजको भर्चुअल बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनबारे छलफल गर्न पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई बोलाइएको छ । केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने विषयमा यस भन्दा अघि नै महामन्त्री गगन थापा , विश्वप्रकाश शर्मा र उपसभापति पूर्णबहादुर खड्का बिच छलफल भएको थियो ।

उक्त छलफल पछि तीनै जना नेताहरु सभापति शेरबहादुर देउवासँग भेट गरी कार्यसम्पादन समिति गठन गर्ने विषयमा बैठक बोलाउने निणर्य भएको थियो ।

कांग्रेस विधान अनुसार धारा २३ मा केन्द्रीय कार्यसम्पादन समिति गठनसम्बन्धी व्यवस्था रहेको छ । धारा २४ मा केन्द्रीय कार्यसमिति बैठक नबसेको अवस्थामा कार्यसमितिले गर्ने कार्यहरू कार्यसम्पादन समितिले गर्न पाउने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर