बिहान तराईमा हुस्सु, दिउँसाे देशका यि यि स्थानमा वर्षाकाे सम्भावना — OSNepal

बिहान तराईमा हुस्सु, दिउँसाे देशका यि यि स्थानमा वर्षाकाे सम्भावना

LC (KTM) January 28, 2022 0

काठमाडाैं, १४ माघ- देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही क्षेत्रमा हुस्सु-कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । तिनै क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर