चिनबाटै आउँछ अनेक भाइरस आखीर किन ? चीनमा पंक्षीबाट मानिसमा सर्ने बर्ड फ्लु भेटियो — OSNepal

चिनबाटै आउँछ अनेक भाइरस आखीर किन ? चीनमा पंक्षीबाट मानिसमा सर्ने बर्ड फ्लु भेटियो

LC (KTM) June 02, 2021 0

चिनको वुहान बाट कोरोना उत्पत्ति भएर बिश्व जगतनै आतंकित पारिरहेको बेला चिनमा फेरी अर्काे स्वास्थ्य संकट देखिएको छ । पशुपंक्षीबाट मानिसमा बर्ड फ्लू सरेको कहि कतै पनि पाइएको छैन तर चिनमा एउटा अचम्मको घटना बाहिर आएको छ ।

चीनको जाङ्सू प्रान्तमा पहिलो पटक एक मानवमा दुर्लभ प्रकारको बर्ड फ्लु संक्रमण देखा परेको छ । ४१ वर्षीय एक पुरुषमा बर्ड फ्लूको एउटा दुर्लभ प्रकारको संक्रमण पुष्टि भएको पाईएको हो । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ ।

तर बर्ड फ्लु भएका यी ब्यक्तिबाट अरुमा भने संक्रण नसरेको बताइएको छ । यस्तो घटना बाहिर आएपछि चीनका स्वास्थ्य बिज्ञहरुनै अचम्मित भएका छन् । उनलाई कसरी सङ्क्रमण भयो भन्ने विषयबारे विस्तृत विवरण खुलाइएको छैन ।

एच टेन एन थ्री नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सर्ने घटना भईरहने भएपनि यो संक्रमण बिरलै हुने गरेको छ ।

सङ्क्रमित व्यक्तिलाई गत अप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो । त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको एच टेन एन थ्री प्रकारबाट सङ्क्रमण भएको पुष्टि भएको बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर