उपमहासचिव विष्णु रिमालको आरोप : अब हुने 'रियल’ निर्वाचनमा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकाले चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् — OSNepal

उपमहासचिव विष्णु रिमालको आरोप : अब हुने ‘रियल’ निर्वाचनमा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकाले चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ मघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय सभा सदस्य निवार्चनलाई अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम उत्सव सकिएको भन्दै आलोचना गरेका छन् ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । ‘ उनले भनेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु लागेकाले सर्तक रहन समेत आग्रह गरेका छन् ।

साथै उनले चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ! समेत दिएका छन् । एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद’ उनले अघि भनेका छन् ।

अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्।संबिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन।
सतर्क होऔं !

रिमालले भनेका छन्, : ‘बधाई कमरेड सोनाम ग्याल्जेन !
राष्ट्रियसभाको हिजो संपन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो। चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई !’

एमालेका संपूर्ण प्रतिष्पर्धी उम्मेदवार तथा सहयोगी सबैलाई धन्यवाद !

अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन्।संबिधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन।
सतर्क होऔं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर