काठमाडौं १३ माघ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री बडुको सचिवालयले दिएको जानकारी अनुसार उनको हिजो बुधबार गरिएको परिक्षणमा कोरोनाको रिर्पोट पोजेटिभ आएको हो ।
अब केहि दिन मन्त्री बडु आइसोलेसनमा रहने भएका छन् । तथापी उनको स्वास्थ्य अवस्थामा भने सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।