सिरहामा निषेधाज्ञा १० दिन थपियो — OSNepal

सिरहामा निषेधाज्ञा १० दिन थपियो

LC (KTM) June 02, 2021 0

लहान, १९ जेठ – सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कणेँलले बताउनुभयो । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाएको छ यसैबीच कोभिड १९ का कारण आज मात्र सिरहामा चार जनाको मृ त्यु भएको छ भने ५१ जनामा सङ्क्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३० रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर