हाँस्य कलाकार बाट राजनीतिमा आएका युक्रेन राष्ट्रपतिले बिश्वलाई नै दिए यस्तो सन्देश, राष्ट्रपति र सबै नागरिक बराबर हुन् त्यसैले मेरो फोटो सरकारी कार्यालय बाट हटाउनुस् — OSNepal

हाँस्य कलाकार बाट राजनीतिमा आएका युक्रेन राष्ट्रपतिले बिश्वलाई नै दिए यस्तो सन्देश, राष्ट्रपति र सबै नागरिक बराबर हुन् त्यसैले मेरो फोटो सरकारी कार्यालय बाट हटाउनुस्

LC (KTM) June 02, 2021 0

फरक क्षेत्रबाट राजनितीमा आएका ब्यक्तिले राजनिती नभएर लाजनितीलाई बिशेष ख्याल गर्छन् भन्ने पुष्टि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।

उनी हाँस्य कलाकार थिए पहिला । पछि त्यस बिधाबाट राजनीतिमा हाम्फालेर राष्ट्रपति बन्न सफल भए । उनै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले देशका कार्यालयहरुमा आफ्नो फोटो नराख्न निर्देशन दिएका छन् ।

धेरै जसो मुलुकका सरकारी कार्यालयमा राष्ट्रप्रमुखको फोटो राख्ने चलन रहेको छ । जस्तो सुकै होस राष्ट्र प्रमुखको मुनि झुकेर काम गर्नूपर्ने मानसिकता रहि आएको छ । तर युक्रेनी राष्ट्रपतिले देशका सबै नागरिक बराबर हुने भन्दै यस्तो निर्देशन दिएका हुन्।

उनले राष्ट्रपतिको फोटोको स्थानमा आफूलाई मन पर्ने व्यक्ति वा परिवारको फोटो राख्न भनेका छन् । त्यसले कर्मचारीमा ऊर्जा मिल्ने र कुनै निर्णय गर्दा सहजता महसुस हुने उनको ठम्याइ छ ।

उनले सबैलाई आफ्नो तस्बिर कार्यालयबाट हटाउन आग्रह गरेका छन् । उनले राष्ट्रपति मात्र प्रेरणाको स्रोत हुन नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर