भोली नेपालले चाइनिज ताइपेई बिरुद्ध खेल्दै — OSNepal

भोली नेपालले चाइनिज ताइपेई बिरुद्ध खेल्दै

LC (KTM) June 02, 2021 0

कुवेतमा रहेको जबर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भोली नेपालले चाइनिज ताइपेईविरुद्ध आफ्नो खेल देखाउँदै छ । भोली नेपाल मैदान उत्रँदा कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई बलियो राख्न चाहन्छ ।

कतारमा हुने सन् २०२२ को विश्व कप तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत बिहीवार भोलि नेपालले पहिलो खेलमा चाइनिज ताइपेईकोसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोलि पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई बलियो राख्न चाहन्छ ।
कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ ।

नेपाल भोलि चाइनिज ताइपेईविरुद्ध मैदान उत्रँदा उच्च मनोबल बनाउनेछ । चाइनिज ताइपेई पनि अघिल्लो खेलमा भोगेको हार बिर्सन लक्ष्यका साथ नेपालविरुद्ध मैदान उत्रिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर