गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइयो — OSNepal

गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइयो

LC (KTM) June 02, 2021 0

ओखलढुङ्गा, १९ जेठ – प्रदेश सरकारले एन्टिजेन किट पठाएपछि जिल्लामा कोरोना जाँच बढाइएको छ । जिल्लामा किट अभावका कारण कोरोना परीक्षण पर्याप्त हुन नसकेको अवस्थामा प्रदेश सरकारबाट आठ हजार किट प्राप्त भएपछि समुदायस्तरमा परीक्षण बढाइएको हो । जिल्लामा एन्टिजेन किटको अभावमा कोरोना परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा प्रदेशबाट प्राप्त उपकरण स्थानीय तहमा पठाएर परीक्षण बढाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । समुदायस्तरमा सङ्क्रमण फैलिएको र गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइएको उहाँको भनाइ छ ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सरकारका तर्फबाट जिल्लामा रु दुई लाख ४१ हजार ६८५ बराबरका आठ हजार थान एन्टिजेन किटसहितस्वास्थ्य सामग्री पठाउनु भएको थियो । प्राप्त सामग्री जिल्लाका अस्पताल, स्थानीय तह र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताउनुभयो । (रासस)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर