यादवले पोखे ओलीमाथि आक्रोश 'जुन मधेषी मर्दा आँप झरेको भन्दै भाषण गर्ने तपाई अब त्यहीँ आपँ हामीलाई खुवाएर फकाउँहुनुहुन्छ' ? — OSNepal

यादवले पोखे ओलीमाथि आक्रोश ‘जुन मधेषी मर्दा आँप झरेको भन्दै भाषण गर्ने तपाई अब त्यहीँ आपँ हामीलाई खुवाएर फकाउँहुनुहुन्छ’ ?

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको ‘सुखी नेपाली समृद्ध नेपाल’ आज ‘दरिद्र नेपाल दुखी नेपाली’ भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष यादवले ओलीलाई कुन आधारमा विश्वासको मत दिनुपर्ने भन्दै ओलीलाई नै प्रश्न गरेका छन् । ‘आज दरिद्र नेपाल दुखी नेपाली भएका छन्  ।  प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ? , यादवले भने ।

विगतमा मधेसीलाई युपी बिहारसँग तुलना गर्दै मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भन्दै भाषण गर्ने ओली अहिले मधेसीलाई फकाउन थालेको बताए । अहिले मधेसीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई-चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं ? मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई-चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाउएर फकाउँहुनुहुन्छ तपाईं ? यादवले भने ।

जुन प्रतिनिधिसभालाई विश्वास नगरी असंवैधानिक रूपमा संसद विघटन गरिएको अहिले यहीँ संसदमा आएर कसरी विश्वासको मत माग्न सकेको भन्दै ओलीमाथि प्रश्न र्तेसाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर