सुर्खेत १२ माघ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा पनि सत्तारुढ गठवन्धन नै विजयी भएका छन् । रिक्त रहेको तिनै पदमा गठवन्धनको विजयी भएका हुन् ।
विजयी हुनेमा कांग्रेसकी दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र नेकपा एकिकृत समाजवादीका उदय बोहरा विजयी रहेका छन् ।
निर्वाचित भएका गुरुङले दुई हजार ९७०, विष्ट र बोहोराले तीन हजार ६ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
यता एमाले तर्फबाट गंगा थापा महतले एक एक हजार ४१६, पदमबहादुर माझीले एक हजार ३९८ र चूडामणि शर्मा एक हजार ४१६ मत मात्र गरी पराजित भएका छन् ।