प्रदेश १ मा गोला प्रथाबाट कांग्रेसका बस्नेत विजयी, एमालेका बराल भए बराबर मत ल्याँदा पनि पराजित — OSNepal

प्रदेश १ मा गोला प्रथाबाट कांग्रेसका बस्नेत विजयी, एमालेका बराल भए बराबर मत ल्याँदा पनि पराजित

LC (KTM) January 26, 2022 0

विराटनगर १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश १ अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत गोला प्रथाबाट विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको मत बराबर आएपछि गरिएको गोला प्रथामा बस्नेत विजयी भएका हुन् । दुवै जनाले ४४८८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए भने एमालेका बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर