भारतीय सिरियलका पपुलर जोडी करण र निशाको बिबाद जारी , ५ महिनाको शिशु मिसक्यारेज भएपछि दिनै करणले कुट्ने गरेको आरोप — OSNepal

भारतीय सिरियलका पपुलर जोडी करण र निशाको बिबाद जारी , ५ महिनाको शिशु मिसक्यारेज भएपछि दिनै करणले कुट्ने गरेको आरोप

LC (KTM) June 02, 2021 0

टेलिभिजनका पपुलर जोडी निशा रावल तथा करण मेहराबीच चलिरहेको बिबादले फ्यानहरुलाई स्तब्ध गराएको छ । उनीहरुको फ्यानलाई बिश्वासै छैन कि यो खुशी र रोमान्टिक जोडीका बीचमा यति उत्तार चढाव हुन्छ भनेर ।

निशाले करणलाई घरेलु हिंशाको आरोप लगाएकी छिन् तर करणले भने निशाले आफु संग पैसा माग्ने गरेको बताएका छन् । आज मीडियामा निशाले अर्काे ठुलो खुलासा गरेकी छिन् । उनका अनुसार २०१४ मा उनको बच्चा मिसक्यारेज भएको थियो ।

जति बेला उनी ५ महिनाको गर्भवती अवस्थामा थिईन् । यसबेला उनका पति करणले उनलाई मारपीट गर्ने गरेको उनको आरोप रहेको छ । पतिको कारण आफु डिप्रेसनमा गएको पनि उनले खुलासा गरेकी छिन् ।

उनले यतिका बर्ष सम्म करण संग कष्टप्रद जिवन बिताएको बताएकी छिन् । करणको अर्काे केटी संग अफेयर चलेपछि आफुले डिर्भाेस गर्न खोजेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर