दोस्रो पटक नेता बाबुरामलाई कोरोना संक्रमण पुष्टि — OSNepal

दोस्रो पटक नेता बाबुरामलाई कोरोना संक्रमण पुष्टि

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । जनता समाजवादी पार्टी सजपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको छ । नेता भट्टराईले आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।
सतर्कताका बाबजुद पनि आफुलाई पुनस् संक्रमण भएको छ । तथापी स्वास्थ्य अवस्थामा भने सामान्य रहेको उनले बताएका छन् ।

‘केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।’ उनले भनेका छन् ।

उनले लेखेका छन्–सतर्कताका बाबजुद मलाई COVID-19 ले पुन: संक्रमण गरेको छ। PCR रिपोर्ट +veआएको छ! ळक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर