एमाले उपमहासचिव सुब्बाको प्रश्न : एक तहको निर्वाचन त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ? — OSNepal

एमाले उपमहासचिव सुब्बाको प्रश्न : एक तहको निर्वाचन त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ ?

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तिनै तहको निर्वाचन एकै पटक सम्भव नभएको बताएका छन् ।

आज बुधबार राष्ट्रिउ सभाको मतदान पछि पत्रकारहरुसँग बोल्दे नेता गुरुङले तिनै तहको निर्वाचन एकै पटक सम्भव नभएको स्पष्ट पारेका हुन् ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सम्भव छैन । एक तहको त एक चरणमा हुन सक्दैन तीन तहको एकै चरणमा कसरी सम्भव हुन्छ रु’ उनले भने ।

उनले अब ढिलो नगरी गठवन्धन दलले स्थानीय तह निर्वाचनको मितिको टुंगो लगाउनु पर्ने समेत बताएका छन् ।

दायाँबायाँ आलटाल नगरी आफ्नो स्वार्थ नहेरि चुनाव गर्नुपर्छ भन्दै उनले राष्ट्रियसभा निर्वाचनका मतदाता पूर्वनिर्धारित भएकाले हारजित पहिले नै अनुमान गर्न सकिने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर