ड्युटीका बेला मोबाईल प्रयोगमा बिहार पुलिसद्धारा प्रतिबन्ध — OSNepal

ड्युटीका बेला मोबाईल प्रयोगमा बिहार पुलिसद्धारा प्रतिबन्ध

LC (KTM) June 02, 2021 0

कोरोनाको यो संकटका बेला भारतको बिहार पुलिसले आफ्ना कर्मचारीलाई ड्युटीको बेला अनावश्यक रुपमा मोबाईल प्रयोग गर्न सख्त मनाही गरेको छ । बिहार पुलिसले आज एक निर्देशन दिदै मोबाईल प्रयोगमा रोक लगाएको हो ।

सामाजिक सञ्जाल प्रयोगमा पनि रोक लगाएको छ । पुलिसको मुख्यालयले आदेश जारी गर्दै यस्तो कार्य गरेको पाइएमा कारबाही समेत गरिने चेतावनी दिएको हो ।

मुख्यालयका अनुसार ड्युटीको बेला मोबाईल या ईलेक्ट्रोनिक उपकरणको प्रयोग गर्ने तथा सामाजिक सञ्जालमा जोडिएर ब्यक्तिगत रुपमा मनोरञ्जन गर्ने पुलिसको छबि भित्र पर्दैन । यसो गर्नाले पुलिसको ध्यान आफ्नो काम बाट हट्ने र कार्यदक्षतामा कमी आउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर