माधव नेपालको दावी : राष्ट्रियसभा निर्वाचनको सबै सिटमा गठबन्धन विजयी हुन्छ — OSNepal

माधव नेपालको दावी : राष्ट्रियसभा निर्वाचनको सबै सिटमा गठबन्धन विजयी हुन्छ

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठवन्धनै विजयी हुने दावी गरेका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले यस्तो दावी गरेका हुन् ।

१९ पदको लागि आज देशभर भइरहेको निर्वाचनको मतपरिणामले एउटा तरंग पैदा गर्ने उनको दावी रहेको छ ।

‘राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं । विजयी हुनेछौं । त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ । तपाईँहरु सुनिरहनुभएको छ, स्थानीय तहको निर्वाचन कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने, यसबारेमा व्यापक छलफल भएको छ ।’ कार्यक्रममा उनले भने ।

संविधानलाई सर्वोपरि राखेर, कानूनअनुरुप नै चुनाव सम्पन्न हुनुपछै भन्ने आफुहरुको धारणा भएको पनि उनले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर