एमसीसीको विरोधमा युवाहरु बोल्छन् भनेर सरकारले 'फ्रि भिसा र फ्रि' टिकेट ल्यायो : विद्यार्थी नेता हेमरान थापा (भिडियोसहित) — OSNepal

एमसीसीको विरोधमा युवाहरु बोल्छन् भनेर सरकारले ‘फ्रि भिसा र फ्रि’ टिकेट ल्यायो : विद्यार्थी नेता हेमरान थापा (भिडियोसहित)

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । विद्यार्थी नेता हेमराज थापाले एमसीसी पास भए र युवाहरु माथि दमन गर्न खोजिए नेपालका नेतालाई घिसारेर सडकमा ल्याउने चेतावनी दिएका छन् । पत्रकार एचवी ताम्राकारसँग ओएस नेपाल इन्टरनेसनल डिसर्कोसमा कुराकानी गर्दै नेता यस्तो थापाले चेतावनी दिएका हुन् ।

युवाहरुको डरले संसद चलाउन नसकेको बताएका उनले संसदवादी र वंशवादी पार्टीले अब देश चलाउन नसक्ने दावी गरेका छन् ।

‘पुराना राजनीतिक दल , दलका नेता र दलका ठेक्केदारले अब देश परिर्वतन गर्न सक्दैनन् । माओवादीका ठेक्केदार प्रचण्ड , एमालेका केपी ओली , कांग्रेसका शेरबहादुर देउवा लगायतका नेताबाट देश परिर्वतन सम्भव छैन ।’ उनले भने ।

ओली , देउवा , प्रचण्ड लगायतले एससीसी र अमेरिकाबाट पैसा खाएको दावी गरेका उनले भनेका छन्, ‘यदि पैसा खाएको हो स्पष्ट पार्नुपर्यो जनतामाझ इमान्दार पुर्वक हामीले यति लिएको हो हामीलाई माफ गरिदिनुपर्यो , हामीलाई अमेरिकाबाट एमसीसी पास गर्न धम्की आएको छ भने हामी सबैले पैसा उठाएर दिन सक्छौं तर एमसीसी पास गर्न दिदैँनौ गर्यो भने युवाहरुले मारिदिन्छन्’।

एमसीसीको विरोधमा युवाहरु बोल्छन् भनेर सरकारले ‘फ्रि भिसा र फ्रि टिकेट’ लागु गरेको आरोप लगाएका उनले चेतावनी दिँदै भनेका छन् । ‘एमसीसी पास गर्न खोजियो भने युवाहरु माथि दमन गरियो भने हामी अर्को नेतृत्व ल्याउन सक्छौं’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर