नेपालमा यस पटक ८ दशक यताकै कम जनसंख्या वृद्धिदर — OSNepal

नेपालमा यस पटक ८ दशक यताकै कम जनसंख्या वृद्धिदर

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । यस पटकको नेपालको जनसंख्या ८ दशक यताकै कम वृद्धिदर रहेको तथ्यांक विभागले जनाएको छ ।

यो पटक ० .९३ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको विभागले जनाएको छ । विभागले दिएको जानकारी अनुसार सबै भन्दा धेरै जनसंख्या लुम्बिनी प्रदेशमा रहेको छ ।

जहाँ ५१ लाख २४ हजार २ सय २५ जनसंख्या रहेका छन् । जुन र १.३० प्रतिशत वृद्धिदर हुन्छ । यसैगरी सबैभन्दा कम जनसंख्या गण्डकी प्रदेशमा रहेको छ । जहाँ २४ लाख ७९ हजार ७ सय ४५ जना रहेका छन् ।

यसैगरी , प्रदेश १ मा ०.९२, मधेश प्रदेशमा १.२५, बागमतीमा ०.९६, कणरलीमा ०.७६ र सुदुरपश्चिम प्रदेशको जनसंख्या वृद्धिदर ०.६० प्रतिशत रहेको विभागले जनाएको छ । यो सँगै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर