काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो — OSNepal

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । आज बुधबार नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको हो ।

तत्पश्चात क्वात्राले कार्यक्रममा भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका छन् ।
भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान समेत गरेका छन् ।

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्ती ‘
काठमाडौंस्थित भारतीय राजदूतावासमा २०७८ माघ १२ गते भारतको ७३ औं गणतन्त्र दिवस मनाइयो । नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भयो । तत्पश्चात वहाँले कार्यक्रममा भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गर्नुभयो ।

२. मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् । नेपालमा क्ष्लमष्ब२ठछ माइलस्टोन मनाउनका लागि नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।

३. दूतावासका सामाजिक सञ्जाल ह्याण्डलहरु मार्फत उक्त कार्यक्रम लाइभ प्रसारण गरिएको थियो ।
काठमाडौं
२०७८ माघ १२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर