नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, अघिल्लो पटक भन्दा यस पटक ०.९३ प्रतिशतले वृद्धि — OSNepal

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, अघिल्लो पटक भन्दा यस पटक ०.९३ प्रतिशतले वृद्धि

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । केन्द्रीय तथ्यांक विभागले दिएको जानकारी अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

जसमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ भएको विभागले जनाएको छ । यस भन्दा अघि नेपालको जनसंख्या २ करोड ६४ लाख मात्र थियो ।

विभागले बताए अनुसार अघिल्लो पटक भन्दा यस पटक ०.९३ प्रतिशत जनसंख्या वृद्धिदर भएको जनाएको छ ।

कुल जनसंख्या मध्ये २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर